‘प्रेमगीत ३’ को मोसन टिजर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

युवास्टार प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक गरिएको छ । छायांकन सुरु हुन बाँकी यो चलचित्रको घोषणाबाटै चर्चा धेरै छ । नायिका छनोटका लागी अडिसनको क्रममा पनि चलचित्रले चर्चा बटुल्यो ।

यहि कात्तिक २२ गतेबाट छायांकनमा  निस्कन लागेको यो चलचित्रमा प्रदीप खड्का एक योद्धाको अवतारमा देखिदैछन् । जुन सार्वजनिक टिजरले प्रष्ट पारेका छ । घोडामा सवार उनको अनुहार रगतले लतपतिएको छ । छायांकन अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ मा प्रदीपले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । भने, यसपटक ‘गीत’ को भूमिकामा नवअभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । यो फिल्मको अघिल्लो दुई सिरिज प्रेममा आउने उतारचढावमा केन्द्रित थियो । तेस्रो श्रृंखला २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर चलचित्रको निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले चलचित्रमा राजाको भूमिका निभाउँदैछन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता हुन् ।