तिब्र प्रचारमा ‘माया पिरिम’ टिम

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘माया पिरिम’को एक गीत सँगै पोष्टर सार्वजनिक भइसकेका छन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र निर्माण टिमले प्रचारप्रसारको कामलाई तिब्र पारिरहेको छ । तीनदिन अघि ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया बटुलिरहँदा निर्माण टिम दंग देखिन्छ ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा नायक सलोन बस्नेत, नायिका अन्जली अधिकारी, कोशिश क्षेत्री, कालु राना, जयनन्द लामा लगायतलाइ देख्न सकिन्छ । गीतमा लेखु सहयात्रीको शब्द, कोशिश क्षेत्रीको संगीत तथा लेखु सहयात्री र बिन्दु परियारको गायन रहेको छ । यस गीतमा शिशिर खातीको कोरियोग्राफरमा निरोज कडेलको छायांकन रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रका निर्देशक टेक पौरखी रार्इ हुन भने सबिन अधिकारी र प्रबिन थापा निर्माता रहेको चलचित्रको कथा सबिन अधिकारीको रहेको छ । निर्देशक राईले यो भन्दा अघि चलचित्र ‘मट्टी माला’ निर्देशन गरेका थिए । राईले ‘माया पिरिम’बाट ठूलो आशा लिएको बताउँछन् । यस पटक पनि चलचित्रमा कुनै कमि हुन नदिएको आर्टिष्ट खबरलाई बताए । उनले माया पिरिम दर्शकले एकपटक हेर्नै पर्ने चलचित्र बनेको बताउँछन् ।</p><pre style="text-align: justify; "><b>Song:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/0myquwA7Xc8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>