महजोडीलाई सुर्य रत्न सम्मान दिइने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

वरिष्ठ हाँस्यकलाकार मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘सुर्य रत्न सम्मान २०१९’ बाट सम्मानित गरिने भएको छ । जापान टोकियोमा नोभेम्बर २४ मा हुने ‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ले सम्मान गर्न लागेको हो ।

यसैगरी दुइ दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पत्रकार सुवेदीलाई नगदराशि २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको हो । यसैगरी चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहदै आएका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी दुइ दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गर्ने भएको छ । उनले कलाकारितामा निरन्तर दिएको योगदान र राष्ट्रसेवामा समेत रहेको सक्रियताको कदर गर्दै सम्मान प्रदान गर्न लागिएको सुर्य कर्पोरेशनले बताएको छ । सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिईने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उदेश्यले प्रदान गर्न लागिएको बताएका छन् ।

अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै, क्रिटिक्स अवार्डमा निर्देशक, अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो ।