प्रतिष्ठानको भवन निर्माणका लागी पूर्व अध्यक्षहरुको आर्थिक सहयोग

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठान नेपालले राजधानीमा आफ्नो भवन निर्माण गरिरहेको छ । लामो समय देखीको योजना गायक तथा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा यसबर्ष पुरा हुँदैछ । धापासीमा निर्माणाधिन भवनका लागी देश तथा बिदेशबाट बिभिन्न सहयोग जुटिरहँदा भवन निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।

यसका साथै प्रतिष्ठानको केन्द्रिय भवन निर्माणका निम्ति संस्थाका पुर्व अध्यक्षहरुले आर्थिक सहयोग गरेका छन् । पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने र निवर्तमान अध्यक्ष चन्द्र शर्माबाट जनही एकाउन्न हजार गरि जम्मा १ लाख ५३ हजार प्राप्त भएको अध्यक्ष पंगेनीले सामाजिक सञ्जालमार्फत बताएका छन् । यस्तै पुर्व अध्यक्ष प्रजापति पराजुलीबाट पनि यसभन्दा अघि १ लाख ५० हजार सहयोग आइसकेको छ भने संस्थापक अध्यक्ष अमर बिरही गुरुङले पनि सहयोग गरेका छन् । यस्तै प्रतिष्ठानकी केन्द्रिय सदस्य गायिका मुना थापाले पनी रु. ५१ हजार सहयोग गरेकी छिन् ।

केहिसमय अघिमात्रै एक कार्यक्रममा अध्यक्ष पंगेनीले भवन निर्माणकालागी लगभग सहयोग पुगेको जानकारी दिएका थिए । तर सहयोग आइरहेको छ । प्रतिष्ठान केहिसमयमा सम्पुर्ण सहयोग र भवन निर्माणको खर्चबारे जानकारी दिने तयारीमा रहेको बुझिएको छ ।

अहिले प्रतिष्ठानको सातौं केन्द्रिय महाधिवेशनका लागी सम्पुर्ण कलाकार ब्यस्त छन् । पोखरामा आउँदो मंसिर ६, ७ र ८ गते सम्पन्न हुन गइरहेको केन्द्रिय महाधिवेशनमा अध्यक्ष पदका लागी प्रतिष्ठानका उपाध्यक्ष रमेश बिसी र गायक बिष्णु खत्रीले उम्मेदवारी दिने बुझिएको छ । तर यसबिषयमा आधिकारीक जानकारी भने दिइएको छैन । यस्तै अहिलेसम्म प्रतिष्ठानका सदस्य इश्वरी प्रसाद भुसालले सह–कोषाध्यक्ष पदमा उम्मेदवार दिने आधिकारीक घोषणा गरेका छन् ।