‘सकुन्तला’मा आउँदैछन् हमाल, साथमा अनुको साथ

...

rahesh hamal in sakuntala

पुस ६, काठमाडौं । महानायक राजेश हमाल अभिनित फिल्म बाग्मती रिलिज नहुँदै हमाललाई लिएर अर्को फिल्म बन्ने भएको छ । महानायक हमालको अभिनयमा सकुन्तला फिल्म बन्ने भएको हो । फिल्ममा हमालको साथमा नायिका अनु शाहको मुख्य भुमिका रहनेछ ।

आज (सोमबार) अनामनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा उपस्थीत हमालले आफु कस्तो भुमिकामा रहने भन्ने कुरा चाँहि खोल्न चाहेनन् । कार्यक्रममा बोल्दै हमालले फिल्मको कथा बस्तु फरक रहेको बताए पनी उनले आफुले गर्ने भुमिका सस्पेन्स नै रहँदा राम्रो हुने बताए ।
rajesh hamal and anu shah

फिल्मका निर्देशक दिनेश श्रेष्ठले सकुन्तला नारीप्रधान फिल्म र एक्सन भुमि भन्दै फिल्मको बारेमा बोलेका थिए । कथा बस्तुको बारेमा खासै नबोलेका श्रेष्ठले आफुले फिल्मका ठुलो मेहनत गर्ने बताए । साथमा नायिका अनुले आफु फिल्ममा रिर्पोटरको भुमिकामा रहने बताइन् । साथमा महानायक राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा खुसी रहेका पनि बताइन् । यो भन्दा उनले हमालसँग दुई वटा फिल्म गरेकी छिन् ।

ग्रीनहिल भि.एफ.एक्सको ब्यानरमा तयार हुने सकुन्तलाका निर्माता महेश्वर खत्री र ओपसा खत्री हुन् । मंगलबार बाट छायांकन शुरु हुने सकुन्तलामा महानायक हमाल र अनु शाहको साथमा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदीपकुमार उदय लगायतको अभिनय रहनेछ ।
sakuntala film unit with rajesh hamal