दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश र बिष्णुको उम्मेदवारी घोषणा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">२२ हजार बढी सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको ७औं महाधिवेशन यहि मंसिरको ६, ७ र ८ मा पोखरामा सम्पन्न हुँदैछ । प्रतिष्ठानले यस महाधिवेशनबाट नयाँ पदाधिकारी पाउनेछ । तीन–तीन बर्षमा हुने यस प्रतिष्ठानको महाधिवेशन यसअघि काठमाडौंमै सम्पन्न भएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">यसका साथै नयाँ कार्यकालको अध्यक्ष पदको लागि सर्जक रमेश बिजि र गायक बिष्णु खत्रीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । छैठौं महाधिवेशनमा अध्यक्ष पदका लागी गायक ब्रदी पंगेनीसँग पराजय भएका गायक बिष्णु र प्रतिष्ठानका अहिलेका उपाध्यक्ष रमेशले सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । गायक बिष्णु नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका पुराना र चर्चित गायक हुन् भने रमेश बिजी पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा चिनिएका गीतकार हुन् । उनले लेखेका थुप्रै गीत चर्चाको शिखरमा छन् ।&nbsp;</p>