दोहोरी प्रतिष्ठानमा रमेश बिजीको नेतृत्व

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ नेतृत्वमा अध्यक्ष रमेश बिजी चुनिएका छन् । पोखरामा सम्पन्न सातौं केन्द्रिय महाधिवेसनबाट ५ सय ८४ मत ल्याएर रमेश अध्यक्ष पदमा चुनिएका हुन् । रमेशका प्रतिद्धन्द्धि गायक बिष्णु खत्री ३९ मतको अन्तरमा ५ सय ४५ मत ल्याएर पराजित भए । बिष्णु यसअघि दोस्रो पटकसम्म अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका थिए । बिष्णुको यो तेस्रोपटकको हार हो । कुल मतदाता १३४८ मा जम्मा ११३७ मत खसेको थियो ।

यसैगरी कोषाध्यक्ष पदमा राजु ढकाल ७३७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तारापति सुवेदीले ३७२ मत पाए । सहकोषाध्यक्षमा ७८० मतसहित ईश्वरी प्रसाद भुसाल विजयी भए । उनका निकटतम प्रतिस्पर्धी घनश्याम रिजालले ४०६ मत पाए । प्रशासनिक सचिवमा कृष्ण रेउले ६१९ मतअन्तरले विजयी भए । रेउलेले ८६४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापाको पक्षमा २४५ मत प¥यो ।

खुल्ला सचिव ७ जनामा जीवन दाहाल (७३८), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जीसी (६०६), बसन्त थापा (५९०) र पुस्कल शर्मा (५७३) मतसहित निर्वाचित भएका छन् । महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर (९१२), जानकी तारमी मगर (८६६), अन्जली अधिकारी (८१०), जुनाश्रीष मगर (७९८), अम्बिका लुंगेली मगर (७६१), सरला पाण्डे (७३६) र सीता राना (६३२) चुनिएका छन् ।

१२ जना खुल्ला केन्द्रीय सदस्यमा देवी घर्ती (१०१४), पीएन सापकोटा (८७१), प्रकाश सपुत (७८५), पुरुषोत्तम भण्डारी (७७९), प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), विमल अधिकारी (७२३), महेन्द्र गौतम (६९९), दीपक गर्बुजामगर (६३०), सागर गुरुङ (५६६), विक्रम थापा (५२८) र युवराज मगर (५२५) निर्वाचित भएका छन् । यस्तै केन्द्रीय सदस्यमा भूगोल गण्डकी १ बाट तारानाथ आचार्य (३९७), नविन धामी (५९३)बिजय भए भने केन्द्रीय सदस्य भूगोल सुदुरपश्चिमबाट नरेन्द्र रावल (४४७) बिजय भए । यस्तै केन्द्रीय सदस्यमा विदेश शाखाबाट रामकृष्ण बम मल्ल (७६७) र दुर्गा पंगेनी (५५८) बिजय भए । विदेश शाखामा रामकृष्ण बम मल्ल (७६७) र दुर्गा पंगेनी (५५८) चुनिएका छन् ।

नवनिर्वाचीत अध्यक्ष रमेशले प्रतिष्ठानलाई सहि बाटोतर्फ लैजानका लागी पुर्व अध्यक्षहरुको सल्लाह बमोजिम काम गर्ने बताए । ‘म भर्खर निर्वाचीत भएको छु । धेरै ज्ञानछैन त्यसैले पुर्व अध्यक्ष ज्यूहरुको सल्लाहमा अगाडी बढुनेछु ।’ रमेशले भने । ‘म आफूमा पुर्ण छैन त्यसैले अग्रहहरुबाट सल्लाहको आवश्यक छ ।’ यस्तै रमेशले प्रतिष्ठानको नयाँ कार्यसमितिमा सबै ‘इनर्जेटिक’ कलाकारको टिम आएको भन्दै संस्था अघि मजबुत बन्नेमा विश्वास राखे ।

साथै केहि कलाकार निर्विरोध चुनिए । वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चुनिएका छन् । यसैगरी महासचिव, उपमहासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् ।

शंकर वीसी र शिव हमाल उपसचिव निर्वाचित भएका छन् भने सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध छानिए । आइतबार बिहानबाट सुरु भएको मतदान साँझ सकिएसँगै मतदान गणना गरेर नतिजा सार्वजनिक गर्दा सोमबार बिहान चार बजेको थियो । साथै सम्पुर्ण नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सोहि समयमा सपथग्रहण गराइएको थियो ।

यसअघि तीनबर्ष अघि भएको छैठौं र त्यसअघिको पाँचौं महाधिवेशनमा पनि पराजित भएको बिष्णु खत्रीले पराजितमा ह्याट्रिक गर्दा उनी समर्थक कलाकारहरु केहि रुष्ट भएका थिए । चुनाबी माहोल केहिबेर असन्तुलीक हुन खोजेपनि सुरक्षा ब्यवस्था कडा पारिएकाले हुल्दंगा हुन दिइएन । स्रोतका अनुसार पराजित भएका बिष्णु नयाँ संगठन निर्माणको तयारीमा छन् ।