सौन्दर्य पारखीको रोजाईमा रिना

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">सौन्दर्य क्षेत्रमा आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् रिना शाक्यले । सुन्दर हुन सबैलाई मन पर्छ । सुन्दर अनुहार, सुहाउँदो पहिरन र जिउडालमा सजिने रहर कसको नहोला र ? संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । आफुलाई तुलनात्मक रुपमा राम्रो एवम् आकर्षक देखाउन चाहन्छन् । तर, सुन्दर कसरी हुने ? भन्ने बारेमा धेरैलाई ज्ञान छैन् । यसैले गर्दा त सौन्दर्य कला मानव जीवनका लागि अपरिहार्य जस्तै भएको छ यतिवेला ।&nbsp;</p><p style="text-align: justify; ">यही अपरिहार्य कुराले आफू सौन्दर्य क्षेत्रमा लागेको रिना बताउँछिन् । सौन्दर्य कलासम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रशिक्षण लिएकी रिना यतिवेला वरिष्ठ व्युटिसियन तथा मेकअप आर्टिष्टका रुपमा आफ्ना क्रियसनहरु पस्किरहेकी छन् सौन्दर्य पारखीहरुका माझ । आफू कसैमा निर्भर नभई स्वावलम्बी, आत्मनिर्भर, क्षमतावान् हुनुपर्छ भन्ने सोच बोकेकी वरिष्ठ ब्युटीसियन रिना शाक्यको सौन्दर्य, शृङ्गारको क्षेत्रमा छुट्टै पहिचान छ । अहोरात्र आफ्नो पेशामा सक्रियरुपले लागिपरेकी शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनुपर्ने र त्यत्तिकै आत्मबल, ईच्छाशक्तिको आवश्यकता पर्ने बताउँछिन् । उनले ब्युटीसियन पेशालाई नै रोजेर आफ्नो क्षमता, ईच्छा, लक्ष्यलाई यसै माध्यमबाट पूरा गर्नुपर्छ भन्ने सोची यस क्षेत्रमा लागिपरेको पनि दुई दशक बढी समय बितिसकेको छ । २०६२ सालदेखि ठमेल ज्याठाचोकमा ग्लामर ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको स्थापना गरी अहिले पनि यसै क्षेत्रमा सक्रिय छिन् । उनी सौन्दर्य कला व्यवसाय सङ्घकी आजीवन सदस्य, अल नेपाल ब्युटी एसोसियसनकी आजीवन सदस्यलगायत सौन्दर्यसम्बन्धी विभिन्न सङ्घ–संस्थामा आबद्ध रहेर काम गरिरहेकी छन् ।</p><p style="text-align: justify; ">देश–विदेशमा हुने विभिन्न सभा, सम्मेलन, प्रतियोगिताहरुमा भाग लिएर आफ्नो कला प्रदर्शन गर्दै उल्लेख्य सम्मान, अभिनन्दन तथा पुरस्कार हात पार्न सफल भएकी छन् उनी । व्यवसाय र अन्य काम विशेषले अमेरिका, थाइल्याण्ड, चीन, भारतलगायतका देशको भ्रमण गरिसकेकी उनी अमेरिकामा रहँदा आफूले जानेको सीप अरुलाई सिकाउने र आफूले नजानेको सिक्ने गरेको बताउँछिन् । फलस्वरुप अमेरिकाको अनुभवलाई उनले नेपालका आर्थिक अवस्था कमजोर भएका दिदी–बहिनीहरुलाई विभिन्न सङ्घ–संस्थाको माध्यमबाट प्रशिक्षण दिँदै आइरहेकी छन्, जसबाट देश–विदेश रोजगारी गर्न चाहनेहरुका लागि मार्गप्रशस्त गर्दै सम्भावनाका ढोकाहरु खेलिदिएकी छन् । आफूले अँगाल्दै आएको पेशा वा व्यवसायबाट सन्तुष्ट रहेको बताउने शाक्यको भविष्यमा पनि यसै क्षेत्रमा निरन्तर लागिरहने सोंच रहेको छ । रिना आफ्नो पेशावाहेक सामाजिक संस्थामा पनि आबद्ध रहेकी छन् । सानै देखि सामाजिककार्यमा लगाव भएका कारण समाजसेवामा उनी सक्रिय रहेकी छन् । मानिसलाई सुन्दर बनाउने कार्यमा लागि परेकी रिना समाजसेवा मार्फत समाजलाई पनि सुन्दर बनाउने कार्यमा जुटिरहेकी हुन्छिन् ।&nbsp;</p><p style="text-align: justify; ">(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)</p>