विल्सन बिक्रमले आफ्नै अनुसार जस्तो सुँगुर बोकेर हिडेपछि…(भिडियो)

...

rato ghar wilsom bikramपुस ६, काठमाडौं । कमेडी गर्न खप्पिस विल्सन बिक्रम राई अर्थात तम्मे बुढा यतिखेर रातो घरमा फरक शैलीमा देखिएका छन् । भर्खर मात्र रिलिज भएको रातोघरको ट्रेलरमा बिल्सनले आफु जस्तै अनुसार भएको सुँगुर बोकेर हिडेको भन्ने सम्बाद प्रयोग गरीएको छ, जसले दर्शकको मन पक्कै पनि तान्छ ।

अस्ट्रेलियाका बिभिन्न शहरमा अहिले प्रदर्शन भइरहेको रातो घर नेपालमा आउँदो बैशाख अन्तिम साता तिर रिलिज हुने तयारीमा छ । सुरज सुब्बा नाल्बोको निर्माण तथा निर्देशन रहेको चलचित्र रातो घर तक्मे प्रोडक्सन र माङ हिम फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा विल्सनसँगै उनका मिल्ने साथी संयम पुरी र गौरव पाहारी मुख्य भूमिकामा देखिएका छन् । यस्तै मेनुका प्रधान, अनुराग कुवर, विकेश श्रेष्ठ, जितेन लामा र भानु प्रताप पनि फिल्ममा देखिने छन् ।
सार्वजनिक पोष्टर तथा ट्रेलर हेरौं ।

rato ghar

rato ghar 1