आर्यनलाई फाइदा

मुम्बई (एजेन्सी) ।

गएको शुक्रबार बाट प्रदर्शनमा आएको बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य अभिनय रहेको ‘पति पत्नी और वो’ले बक्सअफिसमा पहिलो दिनमै ९ करोड माथिको सुखद ब्यापार गरेको छ ।

अभिनेता द्वय अर्जुन कपूर र सञ्जय दत्त स्टारर यो चलचित्र ‘पानीपत’ सँग भिडन्तको बावजूद पनि चलचित्रले सानदार कमाएको छ । साथै, यो चलचित्र कार्तिकको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ । यो चलचित्रले पहिलो दिनमा ९ करोड १० लाखको ब्यापार गरेको थियो ।

‘पति पत्नी और वो’ भन्दा अगाडि यो रेकर्ड ‘लुका छुपी’ को नाम थियो । यो चलचित्रले प्रदर्शनको पहिलो दिन ८ करोड १ लाख छापेको थियो । कार्तिकले आफ्नो करिअरको सुरुवात चलचित्र ‘प्यार का पञ्चनामा’ बाट गरेका थिए । यो फिल्मले पहिलो दिन ९२ लाख कमाएको थियो । गएको वर्ष उनको चलचित्र ‘सोनू के टीटू की स्वीटी’ ले पहिलो दिन ६ करोड ८० लाख कमाएको थियो । भने, २०१५ मा आएको ‘प्यार का पञ्चनामा २’ ले ६ करोड ८० लाख छापेको थियो । त्यस्तै, अभिनेत्री कृति सेननसँग २०१९ मा आएको चलचित्र ‘लुका छुपी’ ले पहिलो दिन ८ करोड १ लाखको व्यापार गरेको थियो ।

चलचित्र ‘पति पत्नी और वो’ उनका लागि निकै महत्त्वपूर्ण छ । पहिलो दिनको कमाई हेर्दा यो फिल्मले कार्तिकलाई फेरि नयाँ उचाइ दिलाउने देखिन्छ । फिल्ममा उनी चिन्टू त्यागीको भूमिकामा छन् । अभिनेत्री द्वय भूमि पेडनेकरले पत्नी र अनन्या पाण्डे प्रेमिकाको भूमिका निभाएका छन् । फिल्मका निर्देशक मुदस्सर अजीज हुन् । दर्शक र समीक्षक दुबैलाई यो फिल्म मन परेको छ