राम लिम्बु द भ्वाइस बिजेता

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको बिजेता राम लिम्बु बनेका छन् । शनिबार राती अबेर सम्पन्न भएको फिनाले कार्यक्रमबाट उत्कृष्ट चारबाट राम छानिएका हुन् । उनी दर्शकको अत्यधिक भोटका कारण बिजेता बनेका हुन् ।

फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै विजेता बनेका रामले टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् । राम कोच प्रमोद खरेलको टिममा थिए ।

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए । ‘भ्वाइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए । उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए ।  सिडीले पनि फिनाले कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । सिजन–१ मा कोचमा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप पौडेल र अभया सुब्बा थिए । अभया र सनुपका ठाउँमा सिजन–२ मा राजु लामा र आस्था राउत भित्रिएका थिए ।  ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल हुन् ।

‘द भ्वाइस अफ नेपाल’ सिजन दुईको फिनालेमा हजारौं दर्शकको उपस्थिती थियो । अत्यधिक दर्शकको उपस्थितीले आयोजकलाई ब्यवस्थापनमा निकै गाह्रो परेको देखिन्थ्यो । उपस्थित दर्शकले ग्राउण्डमा राखिएका कुर्सि समेत फालेका थिए । कार्यक्रम सकिदा राती करिब १२ बजेको थियो ।