सगरमाथामा ‘फेसन रनवे’ हुने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

विश्वकै सर्वोच्च स्थान सगरमाथा आधार शिविर कालापत्थरमा फेसन रनवे ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ हुने भएको छ आउँदो जनवरी २५ मा हुने भनिएको यस फेसन रनवे नेपाली फेसन ब्राण्ड कासाको आयोजनामा गर्न लागेको हो । आयोजकले यो रनवे पहिलोपटक विश्वकै उच्च स्थानमा हुन लागेको दावी गरेको छ ।

शनिबार काठमाडौंमा प्रेसमिट गरी कासाले फेसन रनवेको बारेमा जानकारी दियो । यो विश्व किर्तिमानी फेसन रनवेमा १५ जना अन्तर्राष्ट्रिय मोडल र ५ जना नेपाली मोडल ¥याम्पमा प्रस्तुत हुनेछन् । यी मोडलहरु फेसन डिजाइनर रमिला नेम्कुलले तयार पारेका नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहनाहरुमा प्रस्तुत हुनेछन् ।  प्रेसमिटमा बोल्दै संस्थापक नेम्कुलले नेपालमा बायो देवद्रवले वस्त निर्माण गर्ने प्रयाप्त श्रोत रहेको र यस्ले वातावरणमा कुनैपनि हानी नपु¥याउने बताइन् ।

करिब ७ देशका मोडलहरुले प्रतिनिधित्व गर्ने उक्त रनवेमा मिस युनिभर्सल २०१८ मनिता देवकोटाले अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय मोडलहरुलाई ¥याम्पमामा नेतृत्व गर्नेछिन् । आयोजक कासालाई यो कार्यक्रममा अरुविल्ल, लिभिङ स्टोन फाउन्डेसन इन्टरनेशनल र आई आई टी द्धारा सहयोग गर्नेछन् । रिज फिल्मसले माउन्ट सगरमाथा फेसन रनवेको रियालिटी शो बनाएर अमेरिका, क्यानाडा र क्यारिबियनमा प्रसारण गर्ने बताइएको छ ।