अब फिल्म छानेर गर्छुः दिनेश

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नियमित नेपाली फिल्म हेर्ने दर्शकका लागि दिनेश केसी नौलो नाम भने होइन । करिब दर्जन फिल्म अभिनय गरेका केसी मिडियामा समेत छाइरहने गर्दछन् । एकपछि अर्काे काम कसरी राम्रो गर्नेतिर सधैँ आफ्नो ध्यान रहने गरेको केसी बताउँछन् ।

२०६७ मा प्रदर्शनमा आएको फिल्म ‘दानव’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका केसी नायक, खतरनाक, बादशाह, झमेला, निसाना, राजा, शिसा, लाले लगायत फिल्मका हिरो पनि हुन् । केसीको अभिनयको अलवा नेपाली कला संस्कृति लिएर विश्व भ्रमण गर्ने यात्री पनि हुन् । केही वर्ष अगाडि यो यात्रा थालेका केसी अहिलेसम्म थाइलयान्ड, सिङ्गापुर, मलेसिया, दुबई, फ्रान्स, जर्मन, बेल्जियम, स्पेन, ब्राजिल, इटली, जापान, लन्डन, चीनलगायत मुलुक पुगिसकेका छन् । अन्य देशको यात्रा आगामी दिनमा तय गर्ने उनको सोच छ ।

विश्व भ्रमणको क्रममा उनी नेपाली कलासंस्कृति सहित बिभिन्न कार्यक्रम लिएर पुग्ने गरेका छन् । नेपाली फिल्म अभिनय अगाडि केही टेलिचलचित्र, दर्जनभन्दा बढी म्युजिक भिडियो समेत अभिनय गरेका केसीसँग पुगनपुग आधादर्जन बढी र्याम्प सोको अनुभव पनि उनीसँग छ ।

केसी अहिले दौडान चलचित्र अभिनयको तयारी गरिरहेका छन् । दोलखा फिल्मस्को ब्यनरमा निर्माण हुन लागेको यो फिल्म चेतनाथ दंगालले निर्देशन गर्न लागेका हुन् । फिल्म नेपालको अलवा युरोप, फ्रान्स, बेल्जियम, स्वीजरल्याण्ड छायाँकन हुने दिनशले बताए ।

बचपनदेखिको अभिनय रुचिका कारण कलाकारिता रोजेका केसी अभिनेता राजेश हमालको अभिनयबाट प्रभाबित भएर कलाकारिता रोजेका हुन् । हिमाल केसीसँग द्धन्द्ध, भुवन श्रेष्ठसँग नृत्य र बिरेन्द्र हमालसँग अभिनयको औपचारिक प्रशिक्षण सहित कलाकारितामा होमिएका केसीले आधा दर्जन बढी सौन्दर्य प्रतियोगिताको निर्णायक समेत बनेका छन् ।

भबिश्यमा अभिनयको अलवा राम्रो नेपाली नेपाली फिल्म बनाउने लक्ष्य समेत लिएका केसी केही समय पहिले देशको १४ जिल्लामा सांस्कृतिक कार्यक्रम गरेर समेत फर्किएका छन् । सुरुका दिनमा ठिक्क खालको कथा पाएपनि अभिनय गर्ने गरेका केसी अहिले भने चुजी भएका छन् । भन्छन् ‘अहिले धेरै फिल्मको अफर आउने गरेको छ । त्यसैले छानेर मात्र फिल्म खेल्ने गरेको छु ।’

हिमालय टाइम्समा प्रकाशित छ ।