जुनमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।

काठमाडौं (हिटा) । ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को चौथो संस्करण आउँदो जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि आयोजना गर्दै आएको महोत्सवको यो पटकको संस्करण वासिङ्गटन डिसीमा हुँदैछ ।

महोत्सवका लागि विश्वभरका चलचित्रलाई आवेदन खुला गरिएको छ। अन्तर्रा्ष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्ये उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्ने बताइएको छ । चलचित्र महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनलगायत विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।

चलचित्र प्रदर्शनी बाहेक संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । चलचित्रको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ। नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् ।