नायिका सृष्टि र गायक अशिमको विवाद टुंगियो

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

नायिका सृष्टि खड्का र गायक अशिम कुमार कटुवाल बिचको विवाद प्रहरीले मिलाएको छ । अशिमको ‘रेलीमै’ बोलको लोक गीतको मोडलिङका लागी सृष्टि सुटिङस्थलमा पुगेपछि नयाँ पुरुष मोडलसँग काम गर्दिन भनेर निस्किकी थिइन् । पछि अशिमले सामाजिक सञ्जालमार्फत आफ्नो नाम लिएर मानहानी गरेको भन्दै नायिका सृष्टिले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । बुधबार महानगरी प्रहरी टेकु, अपराध महाशाखाले दुबैपक्षलाई बोलाएर बिषय टुंगाएको हो ।

‘मैले नयाँ कलाकारसँग काम गर्दिन भनेकी थिइन् तर केहि पनि नजानेको मान्छेलाई कलाकार बनाउँन खोज्दा यो क्षेत्रमा बिकृती फैलिएको छ । त्यसैले काम गर्दिन भनेर निस्किएकी हुँ ।’ सृष्टिले प्रहरी परिसर बाहिर मिडियासँग भनिन् । ‘अशिम जीले माझि मागेको पत्रमा हस्ताक्षर गरेर निस्किनुभयो ।’ यता गायक अशिमले पनि आफूहरुबिच बिच केहि कमजोरी भएको बताउँछन् । अशिमले गीतमा सृष्टिले अभिनय गर्दिन भनेपछि अर्की मोडल करिश्मा ढकाललाई लिएर काम गरेका थिए ।  अहिले उक्त गीत सार्वजनिक भइसकेको छ ।

उक्त गीतका नायिका सृष्टिले रु. ३० हजार पारिश्रमिक लिएर काम गर्ने तय भएको तर नयाँ कलाकार देखेपछि सुटिङस्थलमा रु. ५० हजारको माग गरेको पनि अशिमले आरोप लगाएका थिए । पछि उक्त रकम दिन नसक्ने भनेपछि सुटिङस्थलबाटै बाहिरिएको अशिमले बताएका थिए ।

Video: