किम्फमा ‘पियानो टु झंस्कर’ पहिलो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

१७ औं काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)मा माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ पहिलो भएको छ । पहिलो भएसँगै दुई लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छ । एक लाख रुपैयाँ सहित मार्गा गुटेरिजको ‘रोप्स्’ तेस्रो भएको छ । नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरे । यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्मजोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।

मुस्ताङगी परिवेशमा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको धोंडुप छिरिङको ‘आमा खान्डो’ ले ‘अडियन्स अवार्ड’ जितेको छ । ‘आमा खान्डो’ ले पुरस्कार स्वरुप ७५ हजार रुपैयाँको राशी जितेको छ ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमशः ४० हजार, ३० हजार र २० हजार जितेका छन् । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए । किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्म प्रदर्शन भएका थिए ।

महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए । नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्म प्रदर्शन भएका थिए ।