
फागुन, काठमाडौं । फिल्म ‘वीर बिक्रम’को पहिलो म्युजीक भिडियो सार्वजनिक गरीएको छ । पछिल्लो समय युवापुस्ताका लोकप्रिय अभिनेता दयाहाङ राई अभिनीत यस फिल्ममा समावेश सारे सारे बोलको गीत सार्वजनिक गरीएको हो । गीतमा दयाहाङ राईको को अभिनय देखिन्छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको उक्त फिल्ममा ताराप्रकाश लिम्बूको संगीत र दिनेश राउतको शब्द रहेको छ ।
चलचित्र वीर विक्रमको गीतमा दीपा लामा र संगीतकार लिम्बूको समेत स्वर रहेको छ । सुन्दर भिडियोको कोरियोग्राफी रेनशा राई बान्तवाले गरेकी हुन् ।