चैत, काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’को टिमले पनि होली बिशेष कार्यक्रम मनाएको छ । राजधानीको दुई ठाउँमा आयोजना भएको कार्यक्रममा भद्रगोलको टिमले बिशेष प्रस्तुती दिएको हो । कुनै लोला तथा नराम्रो तरीकाको होली नमाउने भन्दै टिमले कलरले मात्र भद्र होली मनाएको थियो ।
बिहान ११ बजे देखी दिउँसो २ बजे सम्म राजधानीको सिनामंगलमा भएको एक कार्यक्रममा निकै रमेका भद्रगोलका कलाकारहरु त्यस पश्चात गोंगबु चोकमा मन्जैले नाँचे । गोंगबु चोकमा जेष्ठ बचत तथा ऋण सहकारी संस्था लिंले गरेको आयोजनामा भद्रगोलका कलाकार लगायत लोक तथा आधुनिक गायकहरु पनि देखिन्थे ।
भद्रगोलका निर्देशक तथा कलाकार शंकर आचार्य, अजुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), रक्षा श्रेष्ठ, गोबिन्द कोइराला (जयन्ते) मधुसुदन (सेतेबा) लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए । साथमा हाँस्य टेलिश्रृंखला मेरीबास्सैका केही कलाकारहरु पनि देखिन्थे ।
कार्यक्रममा गायक तथा संगितकार रमेशराज भट्टराईले गीत गाएर दर्शक नँचाएका थिए । साथै गायिका इन्धिरा जोशीले पनि गीत गाएकी थिइन् ।
-photo : ‘photo kathmandu’/ artistkhabar