चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा भएको बेलामा पनि हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले उनलाई छाडेनन् । प्रधानमन्त्री ओलीकै क्यारिकेचर गरेर उनले व्यंग्य गरेका छन् ।
भ्रमणका क्रममा उनले चीनसँग पारवहनलगायत दश सम्झौता गर्न भ्याएका छन् । भारत भ्रमण सकेर फर्किएको महिना दिन नबित्दै उनी चीन भ्रमणमा गएका हुन् । भारतले प्रधानमन्त्री ओलीको साथमा केहि बिजुली पठाएको थियो ।
यता, चीनले ३२ हजार घरलाई सोलार उपहार पठाउँदैछ । भारत भ्रमणमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भाईको नाता लगाइन् भने चीनले पनि राम्रो सम्मान गरेको बुझिएको छ । यद्यपी, निजी विमानमार्फत चीन भ्रमणमा गएको भन्दै नेपाल एयरलायन्सका क्याप्टेन विजय लामाले पोखेको गुनासो सामाजीक सञ्जालमा भाइरल बनेको छ ।
विजय लामाको गुनासोमा प्रधानमन्त्रीले अहिलेसम्म केहि बोलेका छैनन् । यद्यपी, नक्कली प्रधानमन्त्री (सिताराम कट्टेल) ले भने चीनीया समकक्षीलाई नै सो बारेमा स्पष्ट गरेका छन् । भिडियोमा दिपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन् । हेर्नुहोस् रमाइलो भिडियो ।