साउन, काठमाडौं । सुपरस्टार रजनीकांतको प्रतिक्षित फिल्म ‘कबाली’ शुक्रबार रिलिज भएसँगै रेकर्ड तोडेको छ । संसारभरका ४५०० स्क्रीनहरुमा रिलिज भएको फिल्म रिलिज अगावै निकै नै चर्चामा पुगेको थियो ।
विशव भर एकै साथ रिलिज भएको फिल्म चेन्नाइमा शुक्रबार बिहान ४ बजे सुरुहुने फस्र्टशो हेर्नका लागि विहीबार राती देखिनै दर्शकहरु हल बाहिर जम्मा भएका थिए। त्यसै गरी विहीवार रातीनै मलेशिया ,सिंगापुर,दुबई तथा अमेरिकाका केही स्थानमा रिलिज भएको थियो।
–
फिल्म हिन्दी र तेलुगू दुवै भाषामा रिलीज भएको छ। यस फिल्ममा रजनीकांत मलेशियामा तमिलहरुको हितका लागि लड्ने डनको भूमिकामा रहेका छन्।
–
फिल्म रिलिज भएको पहिलो दिनमै ४० करोड कलेक्सन गरेको अनुमान लगाइएको छ । यो अहिलेसम्मकै पहिलो रेकर्ड हो ।