![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/uae-teej.jpg)
भदौ, युएई । युएईको अलऐनमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । भदौ १० अर्थात अगस्ट २६ तारिखमा भएको ‘तिज धमाका कार्यक्रम’मा नेपालका तर्फबाट अलएन पुगेका कलाकारहरुले नेपाली दर्शक नँचाएका छन् । गोरखा सेवा समाज अल ऐन क्षेत्रीय समिति युएईको आयोजनामा भएको उक्त कार्यmक्रममा नेपालको तर्फबाट गायक बिरही कार्की, गायिका सिर्जु अधिकारी र गायिका कोपिला गुरुङले आफ्नो प्रस्तुती दिएका थिए ।
‘गोरखा सेवा समाज’ अल ऐन क्षेत्रीय समितिका अध्यक्ष रमेश थापा मगरको सभापतित्व तथा नेपाली दूतावास युएईकि श्रम सहचारी श्रीमती हीरा कुमारी यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा स्थानीय संघ संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा सर्व साधारणको उल्लेख उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट मुनाफा भएको रकम गायक विरही कार्कीले आफ्नी स्वर्गीय आमा फूलमाया कार्कीको स्मृतिमा अनाथ र विपन्न बालबालिकाको सहयोगार्थ खोलिएको संस्था फूलमाया फाउन्डेसनलाई सहयोग गर्ने गोरखा सेवा समाज युएईका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । सोही प्रयोजनको निम्ति गत हप्ता मात्र समाजको केन्द्रिय समितिले दुबईमा पनि यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न गरिसकेको छ ।