मंसिर, काठमाडौं । जापानमा आउँदो डिसेम्बर ११ मा हुने ‘रामेछाप साँस्कृतिक साँझ’को तयारी अन्तिम चरणमा पुगेको छ । बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो भन्ने मुल नाराका साथ रामेछाप समाज जापानले रामेछाप जिल्लाका दुर्गम भेगमा स्वास्थ्य र एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले रामेछाप साँगीतिक साँझ २०१६ गर्ने भएको हो ।
नेपालबाट आधादर्जन बढी कलाकारहरु कार्यक्रममा जाने आयोजक रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिएका छन् । रामेछाप जिल्लाका दुर्गम वस्तीहरुमा सर्वसाधारणका लागि एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने उद्धेश्यले सांगीतिक साँझको आयोजना गरीएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
–
टोकियोस्थित इकेगामी हलमा आगामी डिसेम्बर ११ तारिख आईतवारको दिन दिउँसो ४ बजे कार्यक्रम सुरु हुने बताइएको छ । कार्यक्रममा नेपालबाट पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, सिर्जु अधिकारी, दर्शन लामा राजु र हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे जाने बताइएको छ ।
प्रोमो हेर्नुहोस् ।