नमस्ते ढोगदियालाई १ करोड भ्युज

...

काठमाडौँ  ।  चर्चित गायक खेम सेन्चुरी र कबिता खत्रीको स्वरमा रहेको नमस्ते ढोगदिया गीतलाई युट्युवमा १ करोड पटक हेरिएको छ । यो गीत यहि २०२५ को जनवरी १ मा युट्युवमा अपलोड गरिएको थियो । अर्थात जम्मा ४० दिन पनि नपुग्दै युट्युवमा करोड पटक हेरिएको हो । साथै अन्य अडियो प्लेटफर्ममा पनि यो गीत धेरै सुनिएको छ ।

यो गीतलाई कबिता खत्रीले नै लगानी गरेकी हुन् । उनी यो गीतको निर्मात्रीसँगै गायिका हुन् । गीतमा लय, शब्द रमेश परियारको छ । भिडिओमा लोकप्रिय नायक पुष्प खड्का र मोडल उषा उप्रेतीले नृत्य गरेका छन् । यो गीतमा प्रयोग भएको ढोगदिया शब्दलाई लिएर केहि विवाद पनि भएको थियो ।

https://www.youtube.com/watch?v=sWUsWJZhIjk