
काठमाडौँ । अभयाको ब्याण्ड ‘अभया एण्ड स्टिम इन्जिन्स’लाई लिएर नयाँ खबर छ । ब्याण्डको नयाँ गीत ‘सँधैभरि’ युट्युव, स्पोटीफाई र एप्पल म्युजिकमा एकसाथ रिलिज भएको छ । ब्याण्डले गीत ल्याएसँगै फ्यान उत्साहित छन् । ब्याण्डको परिचित शैलीमा आएको गीतमा कर्मा , नीति शाहजस्ता चर्चित कलाकार फिचर्ड छन् ।
काठमाडौंभित्रका आकर्षक लोकेसनमा छायांकन गरिएको गीतको अडियो जति मर्मस्पर्शी र आत्मपरक छ, उति नै यसको कोरियोग्राफी आकर्षक छ । गीतको कम्पोज अभया आफैले गरेकी हुन् । गिटारमा राजिव रिन्चेन पाल्जार, बासमा यज्ञ लामा, किजमा सन्देश डीसी, सेक्सोफोनमा जेम्स सिंह, सारंगीमा धर्म गन्धर्व छन् ।
अभया सुब्बाको आवाज त भैहाल्यो, यसमा कर्मा र नीतिको जोडीको उपस्थितीले भिडियोलाई आकर्षक तुल्याएको छ । ‘अभया एण्ड द स्टिम इन्जिन्स’ तिम्रो लागि, माझी दाइ, हावाहुरीजस्ता चर्चित गीतका लागि परिचित छ ।