
काठमाडौँ । अग्रज कलाकार बसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको गुनासो गरेकी छन् । मंगलबार काठमाडौंमा ‘फिल्ममा महिला’ विषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।
उनले भनेकी छीन् ‘महिला बहिनीहरूलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरूलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै फिल्महरू पुरुष फिल्म बन्छन् तर त्यसो हुनुहुन्न । किनकि पुरुषहरूलाई जन्माउने हामी नारी हौ नि ।
नारीहरूले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक फिल्म बढी चलेका छन् ।’
साथै उनले युवा वर्ग र महिलाहरू फिल्म क्षेत्रमा आउन आग्रह गरेकी छिन् । उनले महिलाहरू हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेसगरी फिल्मको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् ।