
काठमाडौं । फागुन २० देखि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ पुन प्रसारणमा आउने भएको छ । विशाल भण्डारीले निर्देशन गर्ने शोमा ‘कमेडी च्याम्पियन’का विजेताको प्रस्तुति हुनेछ । शोकी अध्यक्षको रूपमा दीपाश्री निरौला हुनेछिन् । छायांकन १७ फागुनदेखि हुनेछ । शोमा सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति हुनेछ ।
नयाँ नाम र संरचनासहित शो आउने तयारीमा रहेको स्रोतले बताएको छ । यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’ नाममा परिवर्तन गरिएको हो । थ्री–प्रोडक्सनले निर्माण गर्न लागेको शोलाई निर्देशक भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले निर्माण गर्दैछन् ।
एकवर्षसम्म ५२ एपिसोड तयार गर्ने र त्यसपछि ‘कमेडी च्याम्पियन’मा जुट्ने निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको तयारी छ । यो शो हिमालय टिभीमा प्रसारण र युट्युवमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ । हरेक मंगलबार राती ८ बजे हिमालय टिभीबाट शो प्रसारण हुने जनाइएको छ ।