
नेपथ्य ब्यान्डले आगामी मार्च ३ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यले क्यानबेराको नेसनल कन्भेन्सन सेन्टरमा प्रस्तुति दिन लागेको हो ।
आयोजक प्रदीप पाठकले कुनै पनि नेपाली सांगीतिक समूहले नेसनल कन्भेन्सन सेन्टरमा कार्यक्रम गरेको यो नै पहिलो भएको दाबी गरे । हामीले नेपथ्य र अमृत गुरुङजस्ता श्रष्टाहरूको सम्मानमा पनि आयोजनास्थल भव्य हुनुपर्छ भन्ने मान्यताका साथ नेसनल कन्भेन्सन सेन्टरलाई रोजेका हौँ, पाठकले भने ।
अस्ट्रेलिया भ्रमणको दौरानमा नेपथ्यले सात सहरमा सांगीतिक प्रस्तुति दिने तय भएको छ ।