
काठमाडौं । एक महिना लामो सांगीतिक टूरको लागि लोकप्रिय लोकपप रक ब्याण्ड नेपथ्य अस्ट्रेलियातर्फ उडेको छ । टूरमा गायक अमृत गुरुङसहित ब्याण्ड र व्यवस्थापक नेपालयका सदस्यहरू छन् । सोमबार अस्ट्रेलियाली राजधानी क्यानबेराबाट ब्याण्डले एक महिना लामो टूरको थालनी गर्नेछ ।
१ महिनासम्म ७ अस्ट्रेलियाली सहरमा ब्याण्डले प्रस्तुति दिनेछ । क्यानबेरामा ३ मार्च, पर्थमा ९ मार्च, ब्रिसबेनमा १४ मार्च, होबर्टमा १८ मार्च, एडिलेडमा २१ मार्च र मेलबर्नमा २४ मार्च र सिड्नीमा २९ मार्चमा प्रस्तुति दिने तयारी छ ।
नेपथ्यको लाइनअपमा मुख्य गायक अमृत गुरुङसहित ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् । अष्ट्रेलियाका सबैजसो कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ ।