
दर्शन केसी शारीरिक रूपमा कमजोर छन्। उनका हातखुट्टा चल्दैनन्, बोल्न पनि सक्दैनन् तर मोबाइलको साहारामा नाकले टाइप गरेर कुराकानी गर्छन्। उनले नाकले टाइप गरेरै कविता सङ्ग्रह सार्वजनिक गरिसकेका छन् भने उनी गायक प्रमोद खरेलका ठूला प्रशंसक हुन् ।
१५ वर्षदेखि प्रमोदको कन्सर्ट प्रत्यक्ष हेर्ने चाहना थियो, जुन बुधबार काठमाडौंको चुनिखेलमा आयोजित कन्सर्टमा पुगेर पूरा भयो। गायक प्रमोदले उनलाई स्टेजमै खादा ओढाएर स्वागत गरे।
दर्शनले स्टेजबाटै नाकले टाइप गर्दै लेखे, मैले आज १५ वर्षदेखि पूज्दै आएको भगवान भेट्न पाएको छु।