
काठमाडौँ ।‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजन सकिएसंगै केहि समय कार्यक्रम रोकिने भएको छ । यसै सन्दर्भमा ‘सक्किगोनि’का लेखक तथा कलाकार अर्जुन घिमिरेले प्रष्ट पार्न एक स्ट्यट्स लेखेका छन्..
तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ । यसबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ‘चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ । हामीलाई विश्वाश छ, यहाँहरुबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउनेछैन । चौथो सिजनमा हामी कसरी आउनुपर्ला ? कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाज शास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरुबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ ।
साधुवाद!