
काठमाडौँ । डिभोर्सको मुद्दा हालेर अमेरिका फर्किइन् अरुणिमा । गत भदौ ३ गते धरानका युवराज श्रेष्ठसँग विवाह गरेकी उनले एक वर्ष पनि नपुग्दै श्रीमानविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा हालेकी छन् । उनी अमेरिकी नागरिक भइसकेका कारण वारेसमार्फत् केही दिनअघि मुद्धा दर्ता गरेको जनाइएको छ । उनी डिभोर्स मुद्धा दर्ता गरेर मंगलबार अमेरिका फर्किसकेकी छन् ।
उनी गत साता आमाको साथमा नेपाल आएकी थिइन् । उनी नेपाल आउनुको पछाडि दुईवटा कारण थियो । पहिलो, श्रीमानविरुद्ध सम्बन्धविच्छेदको मुद्धा दर्ता गर्नु । दोस्रो, आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’को प्रचार गर्नु ।
यो वेब सिरिजको मिडियाहरूमा प्रचार गर्ने क्रममा उनले श्रीमानविरुद्ध अदालतमा डिभोर्सको मुद्धा हालिसकेको जानकारी गराएकी हुन् ।