पूर्वमिस नेपाल अश्मी विवाह बन्धनमा बाँधिँदै

...

काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत  जानकारी दिएकी हुन् । ‘परिवारको आशीर्वाद र मुटुभरि मायासहित हामी विवाह बन्धनमा बाँधिँदै छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । विवाहका लागि वैशाख ८ गते सोमबारको मिति तय गरिएको छ ।

अश्मीले प्रेमी शशाङ्क लाल श्रेष्ठसँग २०८० साल पुस १९ गते इन्गेजमेन्ट गरेकी थिइन् । अमेरिका बस्दै आएका श्रेष्ठसँग त्यहीँ पुगेर उनले इन्गेजमेन्टको घोषणा गरेकी थिइन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।