‘मिसेस डिभा नेपाल २०२५’ बनिन् संगीता

...

काठमाडौँ । ‘मिसेस डिभा नेपाल–२०२५’को ताज काठमाडौँ  संगीता अधिकारी जितेकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा आयोजित प्रतियोगितामा उनले शीर्ष ताजसँगै ‘एनएफइए अवार्ड २०२६ लन्डन’मा सहभागी हुने अवसर प्राप्त गरेकी छिन् ।

हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगितामा फर्स्ट रनर अप टीका रानामगर तथा सेकेन्ड रनर अप सम्झना गौतम भए । विवाहित महिलाहरूको प्रतिस्पर्धा रहेको प्रतियोगितामा एक दर्जन महिलाले आफ्नो आन्तरिक प्रतिभा र बौद्धिकता प्रदर्शन गरेका थिए । हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगितामा प्रतियोगी क्षमता विकास, बौद्धिकता प्रस्फुटन, व्यक्तित्व विकास, स्टेजको प्रस्तुति, मिडिया प्रस्तुतीकरण लगायतका विषयमा प्रशिक्षण सहित फाइनलमा उत्रिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा मोडल तथा अभिनेता दिक्पाल कार्की, इभेन्टकर्मी सिद्धार्थ सिंह, ‘मिसेस ग्लोबल नेपाल–२०२४’ सुनिता भुजेल, ‘मिसेस क्यापिटल क्वीन नेपाल ०२४’ रमिता भण्डारी र ‘ब्युटिसियन नेपाल–२०२५’ सुष्मा दाहाल रहेका थिए ।