
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ तथा मोडल करुणा श्रेष्ठको अभिनयमा गायक सुगम पोखरेल तथा गायिका अन्जु पन्तको यूगल गीत ‘वाचा गरौँ’ सार्वजनिक भएको छ । गीतकार डा. रमिल अधिकारीको शब्द रचनामा तयार भएको यो गीतलाई ज्ञानेन्द्र गिरीले संगीतवद्ध गरेका छन् । यो रोमान्टिक गीतको म्युजिक भिडियोमा आकाश र करुणालाई रोमान्टिक भावमै प्रस्तुत गरिएको छ ।
वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मीठाको कठा कहानी आफ्ना दर्शकमाझ पस्किएका छन् ।
गीतकार डाक्टर अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना लगायतका गीत बजारमा आइसकेका छन् । ‘वाचा गरौँ’ रिलिज गरेसँगै गीतका अधिकारीले आफू यो गीतबाट निकै आशावादी रहेको बताएका छन् ।