
काठमाडौँ । नेताहरुप्रति गायीका आस्था राउतको कटाक्षः भन्छीन् ‘घिच्न पनि कति घिचेछन्, लाजको पसारोहरुले छि..। गायिका राउतले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आवाज उठाएकी छिन् । आस्थाले अमेरिकाको विश्व प्रसिद्ध अनलाइन न्युज पोर्टल द न्यूयोर्क टाइम्समा विमानस्थल बनाउँदा भएको भष्ट्रचारको बारेमा लेखिएको कुरा पढेपछि आक्रोशित हुँदै लेखेकी छिन्न्–
‘नेपालका नेताहरु जसले भष्ट्रचार गरेका छन्, उनीहरुको भ्रष्टचारको नालिबेलीसहितको समाचार छाप्न भ्याएछ ।’गायिका राउतले समाचार पढेपछि नेताहरुलाई गालीसमेत गर्दै भनेकी छिन् – ‘नालायकहरु गर्दा अब चाइनासँग पनि नराम्रो बनाउने भए । घिच्न पनि कति घिचेछन् लाजको पसारोहरुले छि…धिक्कार छ ।’यति भन्दै उनले नेपाली जनतालाई जाग्नका लागि आग्रह गरेकी छिन् । उनले जनतालाई पुराना नेता तथा पुराना दल अथवा पार्टिहरुको नाक थाप्न बन्द गर, अझै कति आँखा बन्द गर्छौ ओ पुराना दलहरुका अन्धभक्तहरु ?? भन्दै प्रश्न पनि गरेकी छिन् ।’
यसका साथै गायिका राउतले २०८४ मा सहि मान्छेहरुले भोट पाएनन् भने देश अब सक्कियो भनेर देशको भविष्यलाई लिएर चेतावनीसमेत दिएकी छिन् । यसको लागि तयार रहनु होला भन्दै उनले अन्तिममा दिक्क हुँदै रोएको इमोजीसहित आफ्नो पोस्ट समाप्त गरेकी छिन् ।