
काठमाडौँ । अभिनेत्री ऋचा शर्मामाथि अभद्र टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै अभद्र टिप्पणी गरिरहेका छन् ।
अभिनेत्री सुरक्षा पन्तको विवादमा समर्थन गरेपछि उनी माथि अभद्र टिप्पणी हुन थालेको हो । ऋचाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुरक्षा पन्तको विवादमा समर्थन जनाएपछि उनीमाथि विभिन्न टिप्पणी हुन थालेको हो ।
उनले, कसैलाई मन नपर्ने कुरा भन्नु गलत भन्नु नरहेको भन्दै उनलाई साथ ढाडस दिएकी थिइन् । सामाजिक सञ्जालमा सुरक्षालाई समर्थन गरेपछि ऋचालाई व्यक्तिगत तथा सामाजिक सञ्जालमा विभिन्न अभद्र टिप्पणी भइरहेका छन् ।