सुरक्षाको पक्षमा प्रधानमन्त्री,भन्छन् बहिष्कार गर्दा फरक पर्दैन

...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री सुरक्षा पन्तको बचाउ गरेका छन् । अन्तर्वार्ताको कारण राजावादीबाट आलोचित भइरहेकी पन्तको प्रतिरक्षामा ओली देखिएका हुन् । ओलीले कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरूलाई फरक नपर्ने धारणा राखे ।

‘कला मनपराउनेहरू, विभेद नगर्नेहरू, स्वतन्त्रताको झण्डा उठाउनेहरू थुप्रो छन्’, ओलीले भने ‘अर्को एउटा कलाकारले के बोल्नुभएको थियो– फिल्म बहिष्कार रे । कस्तो सहनै नसकेको होला ।’