
चर्चित डान्सर नोरा फतेहीको साथमा केही नेपाली कलाकारहरूले पनि प्रस्तुति दिने भएका छन्। काठमाडौँको होटल हयातको ग्राउन्डमा मे १७ मा हुने नोरा फतेही लाइभ इन नेपाल कार्यक्रममा चर्चित गायक तथा स्टेज पर्फर्मर दुर्गेश थापा डान्सर तेरिया मगर डान्सर समर्पण लामा र भोईस अफ नेपाल सिजन ६ का उत्कृष्ट पाँच प्रतियोगीले प्रस्तुती दिने भएका छन्। कार्यक्रमको होष्ट ओसिन सिटौलाले गर्नेछिन् ।
बिहीबार काठमाडौँको मर्करी होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वर्ल्ड वाइड फिल्म प्रालीका अध्यक्ष देव मगरले कार्यक्रमबारे जानकारी दिए। साथै कार्यक्रमको टिकट दरबारे पनि प्रष्ट पारेका छन् ।
टिकट दर साधारणमा २ हजार देखी ग्रुपमा ६८ हजार सम्म रहेको छ । टिकट खल्ति एपबाट काट्न सकिन्छ।