
काठमाडौँ । विश्वभरका नेपाली प्रतिभाहरू सहभागीहरूको सबैभन्दा ठुलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को प्रसारण सुरु भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट साँझ ८ बजेपछि यो शो प्रसारण भएको हो ।
मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाहरूले फाइनल प्रतिस्पर्धा गर्दै छन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरू समापन गरी काठमाडौँको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको हो । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये बिहीबार साँझ पहिलो एपिसोड प्रसारण भएको हो ।
मेरो भ्वाइस युनिभर्सको निर्देशकमा विशाल अर्याल र विशाल भण्डारी रहेका छन् भने निर्णायकहरूमा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन रहेका छन् । यो शोमा प्रस्तोताका रूपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल रहेका छन् ।