रेखा थापा निर्णायक रहने रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’

...

काठमाडौँ । रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’ निर्माण हुने भएको छ । बागमती टेलिभिजन एचडी र एच.एस साइना क्रियशनको संयुक्त निर्माणमा आयोजना हुन लागेको यस शोको लागि निर्णायक फाइनल गरिएको छ ।

आयोजकका अनुसार निर्णायकमा अभिनेत्री तथा निर्देशक रेखा थापा, अभिनेत्री निशा अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम छानिएका छन्  शोको अहिले डिजिटल अडिसन खोलिएको छ । आगामी जेठ महिनाबाट शो बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने बताइन्छ ।

कार्यक्रमका निर्देशक समन अधिकारी हुन् । नेपालमै पहिलो पटक मौलिक तरिकाबाट शो आयोजना हुन लागेको अधिकारीले बताए । उनका अनुसार शोमा नृत्य, अभिनय, गायन लगायतका जुनै विधामा पनि प्रतिभा देखाउन सकिनेछ । उमेर हद समेत प्रतियोगितामा नरहेको निर्देशक अधिकारीले जानकारी दिए ।