
काठमाडौँ । सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर– सिजन ३’ र सन् २०१७ मा’ झलक दिखला जा सिजन ९’ जितेकी तेरिया फौजा मगर नेपाल टेलिभिजबाट प्रसारण हुने “मेरो डान्स युनिभर्स सिजन २“नृत्य रियालिटी शोमा होस्टको रुपमा देखापर्ने भएकी छन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित विश्वस्तरीय यो शो आइतबारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । विश्वभरका २३ देशबाट नेपाली मुलका प्रतिभा सहभागी उक्त शो प्रत्येक आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छ ।
विश्वका नेपाली जातिका १ सय २० प्रतिभाले सहभागिता जनाएको यों शो को विजेताले एक करोड पुरस्कार पाउने छन् ।
‘