मेट गालामा भाग लिने पहिलो भारतीय अभिनेता बने शाहरुख

...

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठुलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन् । शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता बनेका छन् ।

शाहरुखका अलावा कियारा आडवाणी र दिलजीत दोसांझ पनि मेट गालामा सहभागी थिए । कियारा आडवाणी भारतीय डिजाइनर गौरव गुप्ताले लगाएको गाउनमा देखिएकी थिइन् । मेट गालामा दिलजीत दोसांझ महाराजा लुकमा पुगेका थिए ।

फेसन जगतको सबैभन्दा ठुलो कार्यक्रम मध्ये एक, मेट गाला, न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना भइरहेको छ । यस कार्यक्रममा प्रियंका चोपडा र निक जोनस पनि सहभागी थिए । यो कार्यक्रम संग्रहालयको पोसाक संस्थानको लागि कोष जुटाउन आयोजना गरिन्छ ।