१० वर्षसम्म कुनै गीत नचलेका कमल

...

काठमाडौँ । १० वर्ष सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गरेर सफल बनेका कलाकार हुन् कम खत्री। हो उनले सुरुवाती १० वर्षमा आवाज भरेका कुनै गीत पनि चलेनन्। तर अन्तत :१० वर्षपछी भने उनको आत्मामा बोलको गीत हिट भयो र यहि गीतले उनलाई कमल खत्री भनेर स्थापित गरायो। यसपछि उनका पहिलाका नचलेका गीत पनि चलन थाले।

kamal khatri

आज सफल भएर यो स्थानमा आईपुग्दा कमल भन्छन् १० वर्षसम्म आफुले गाएका कुनै पनि गीत नचल्दा अन्य गायक ,गायिका हुनुहुन्थ्यो भने फ्र्स्टेट भएर यो क्षेत्र नै छ्ड्नुहुन्थ्योहोला,कोहि विदेशिनु हुन्थ्यो होला तर म भने एकदिन अवश्य मेरो गीत चल्छ भनेर निरन्तर आफ्नो कर्ममा लागिरहे।

अहिले उनि कलाकारितामा लागेको २० वर्ष पार भईरहदा ६ सयभन्दा बढी गित गाईसकेका छन्। आत्मामा, त्यो पारि झ्यालैमा,कोरेर प्रेम पत्र,म गीत हु लगायत उनका हिट गीत हुन्। यो दुइ दशकको अवधिमा कमलले विभिन्न देशहरुमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन्। गायिका मेलिना मैनालीसंग विवाह गरेका उनि हालसालै बुवा बनेका छन्।