
काठमाडौँ । अभिनेत्री ऋचा घिमिरेलाई ठुुलो सफलता हात परेको छ । उनी अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । ऋचा घिमिरे अमेरिकामा स्थापित नेक्स्ट जेनेरेसन जिनियस प्रविधिमूलक शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी हुुन् ।
प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनलाई एम्बासडर नियुक्त गरिएको कम्पनी स्रोतले बताएको छ ।