‘दारी बा’ ले मागे माफी, यस्तो छ कारण

...

काठमाडौँ । अग्रज कलाकार सुरवीर पण्डित (दारी बा) ले माफी मागेका छन् । माफी माग्दै उनले अबदेखि आफ्नै धर्म संस्कार र संस्कृतिको जगेर्नामा लाग्ने समेत बताएका छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक भिडियो सन्देश जारी गर्दै यस विषयमा माफी मागेका हुन् ।

उनले आफ्नो उद्देश्य कसैको पनि मन दुखाउने नभएको समेत स्पष्ट पारेका छन् । केही दिन अगाडि सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीको अभिनय रहेको ‘बेला छँदै आऊ’ को गीत सार्वजनिक भएको थियो ।

गीतको भिडियो धार्मिक द्वन्द फैलाउने खालको भएको भन्दै सुरवीर र रामचन्द्रमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ ।