राजु परियारको आवाजमा ‘हेल्लो काँशीराम’ को नयाँ गीत सार्वजनिक

...

काठमाडौं । जेठ २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ को अर्को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक भएको छ  । यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ ।

यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन  मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पि.बी थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन् ।