‘तोक्मा एप’को ब्रान्ड एम्बासडर बने ‘तक्मे बुढा’

...

काठमाडौं । कलाकार विल्सनविक्रम राई  ‘तक्मे बुढा’  ‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । सोमबार काठमाडौंको आयोजित एक समारोहबीच अभिनेता राईलाई ‘तोक्मा टेक्नोलोजिज’ ले आफ्नो ‘ब्रान्ड फेस’ नियुक्त गरेको हो ।

ब्रान्ड एम्बासडर नियुक्त भएपछि अभिनेता राईले भने, ‘मैले सधैँ आफ्ना समर्थकहरूले प्रेमपूर्वक विश्वास गरेका विभिन्न प्लेटफर्मलाई सही सदुपयोग र आममानिसलाई वास्तविक कुराहरूबारे जानकारी दिन प्रयोग गर्ने गरेको छु । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।’

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ‘तोक्मा एप’को औपचारिक सेवा सुरु गरिएको छ । तोक्माले राइड शेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्ने बताइएको छ ।