
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले ‘के घर के डेरा : घर नं २’ लाई मंगलबार युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
यो चलचित्र यहीँ जेठ २ गतेदेखि रिलिज हुँदैछ । घर र डेराको कथा भन्ने यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।