
काठमाडौँ । उमेरले ७५ वर्ष पुगेकी अग्रज कलाकार वसुन्धरा भुसाललाई अझै काम गर्न भ्याई न भ्याई छ। सायद भर्खर हिट भएकी नव-नायिकालाई पनि त्यति अफर आउदैन होला जति उनलाई कामको अफर आउछ।
यो उमेरमा समेत उतिकै सक्रिय उनि सुनाउछिन् म कहिले रिटायर्ड हुन्न बाचुन्जेलसम्म कलाकारितामा लागिरहन्छु। १३-१४ वर्षको उमेरबाट यस क्षेत्रमा होमिएकी उनि कलाकारितामा लागेको ६० वर्ष पुरा भईसकेको छ।
बिगत लामो समयदेखि कलाकारितामा होमिएकी उनि ४५ लाख पारिश्रमिक उठ्न बाकि रहेको गुनासो गर्छिन्।