रेजिनालाई फेरि लिड रोलमा काम गर्ने रहर

...

काठमाडौँ । आमाको रोलमा काम गरिसकेकी रेजिनालाई फेरि लिड रोलमा काम गर्ने रहर पलाएको छ। एक समय सिने क्षेत्रमा एकक्षत्र राज गरेकी रेजिना उप्रेती भन्छिन् विवाह गरेपछी पछि हटे। घरपरिवारमा व्यस्त भए। अहिले उनकी एक छोरी छिन् ।

उनि अभिनित पछिल्लो फिल्म मोदिबेनिमा उनि आमाको रोलमा देखिएकी थिइन्। आमाको रोलमा काम गरिसकेकी  उनलाई अझै हिरोईनको रोलमा काम गर्ने इच्छा रहेको सुनाउछिन्।

साथै उनले अन्य पुराना कलाकारहरुले कमब्याक गरिरहदा आफुले पनि अब निरन्तरता दिने बताएकी छिन्। उनि थप प्रष्ट बनाउछिन् राम्रो स्क्रिप्ट , आफुले सोचेजस्तो स्क्रिप्ट अफर नआएर काम गर्न पाइरहेको छैन। आफुले सोचेजस्तो राम्रो स्क्रिप्ट पाएमा अवश्य काम गर्छु।